बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर
कास्की | बैशाख २४, २०७९
उत्तर राई, पोखरा: युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।
आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।
उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल र्यालीको समेत आयोजना गरिने उनले बताए ।
पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली घेछेलिङ गुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुँस्थित शान्ति स्तुपासम्म हुने र्याली संयोजक रवि उदासले बताए ।
बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

